यो हो यौनरोग थाहा हुनेबित्तिकै रङ्ग बदल्ने कण्डम,जानी राखौ

एजेन्सी, किशोर किशोरीहरुको समूहले एउटा यस्तो कण्डम तयार गरेका छन् जसको प्रयोग गरेको खण्डमा यौनरोगबाट सजिलै बच्न सकिन्छ । वास्तवमा यो कण्डम लगाएर सेक्स गर्दा यदि यौनसाथीमा यौनरोग छ भने कण्डमले आफ्नो रङ्ग परिवर्तन गर्ने गर्दछ ।
condo-e1435075492327१४ वर्षीय डेनियल अलि, १३ वर्षीय मुआज नवाज र १४ वर्षीय चिराग शाहले यो स्पेशल कण्डमको निर्माण गरेका हुन । उनीहरुले यो प्रोजेक्टलाई एसटीआई अर्थात यौन सम्पर्कबाट हुने संक्रमणको नाम दिएका छन् ।
इलफर्डको इसान न्यूटन एकेडमीसँग सम्बद्ध यी किसोरहरुका अनुसार यौनसम्पर्कको बेला यौनसाथीमा यौनरोग भएको खण्डमा तत्काल थाहा हुने उद्देश्य राखेर यो कण्डमको विकास गरिएको हो ।
यसले गर्दा रोगको जोखिम भएपनि तत्काल सुरक्षा गर्न सकिने र मानिसहरु जिम्मेवार हुने अलीले बताए ।
यो किसिमको कण्डममा एउटा यस्तो इण्डिकेटर लगाइएको छ जसबाट बिभिन्न प्रकारको सक्रमणका बारेमा थाहा पाउन सकिन्छ । फरक फरक संक्रमणमा यसले फरक फरक रङ्ग देखाउने गर्दछ ।
यो कण्डम विकास गरेकोमा लण्डनमा उनीहरुलाई टिनटेक अवार्ड समेत पाइएको छ ।

0 Response to "यो हो यौनरोग थाहा हुनेबित्तिकै रङ्ग बदल्ने कण्डम,जानी राखौ"

Post a Comment

Popular Posts

Labels

Popular Posts