यी नेताहरू दसैं मान्न भारत र सिंगापुर तिर जादै

काठमाडौं । सर्वसाधारण दशैं मान्न गाउँ गइरहदाँ मन्त्री, विभिन्न दलका केन्द्रीय नेता तथा सांसदहरु भने विदेश जाने तयारीमा छन्। केही मन्त्री तथा नेताहरु भने केही दिनदेखि नै विदेशमै छन्।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विदेशमै छन् भने सत्तारूढ राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणा सोमबार सिंगापुर जाँदै छन् ।

फोरम अध्यक्ष यादव दशैंको टीकाको एक दिनअघि मात्र २४ असोजमा स्वदेश र्फकने कार्यक्रम तय भएको छ । तर त्यो मिति लम्बिनसक्ने उनी निकट नेताहरुले बताएका छन्।

यसैगरी नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का पनि बुधबार नयाँ दिल्ली जाँदै छन्। यही क्रममा उनले स्वास्थ्य परीक्षण पनि गर्ने बताइएको छ । दशैपछि मात्र उनी काठमाडौं फर्कने कार्यक्रम रहेको छ। उनकी छोरी भारतको पुनामा अध्ययन गर्दै छिन् ।

यसैगरी तमलोपा अध्यक्ष महन्थ ठाकुर नयाँ दिल्ली जाने तयारमिा छन् । त्यसो त केही मन्त्री पनि यतिखेर विदेशमा छन् । पर्यटनमन्त्री रोमी गतैचन, भूमिसुधारमन्त्री विक्रम पाण्डे अहिले विदेशमा रहेका छन्।

0 Response to "यी नेताहरू दसैं मान्न भारत र सिंगापुर तिर जादै"

Post a Comment

Popular Posts

Labels

Popular Posts