महिलाहरुले नियमित यौनसम्पर्क राख्नुपर्ने कारणहरु र फाइदा के हुन् ? जानी राखौ

यौनक्रियाका बारेमा नेपाली समाजमा सहज ढंगले कुरा गरिँदैन । तर यौनका बारेमा सही बुझाई भयो भने यसले मानसिक र शारीरिक स्वास्थ्यमा ठूलो भूमिका खेल्ने बिभिन्न अध्ययनहरुले देखाएका छन् । यौनसम्बन्ध सुखद र सहज भयो भने यसले मानिसको मनलाई स्वस्थ्य र शरीरलाई स्फूर्त राख्छ । त्यसमा पनि महिलाहरुका लागि नियमित यौनसम्बन्धले कैयन् फाइदाहरु हुने अध्ययनहरुले देखाएका छन् । पुरुष र महिला दुबैका लागि नियमित सेक्सको आफ्नै महत्व छ । त्यसमा पनि महिलाका लागि भने नियमित यौनको झन बढी आवश्यकता रहेको अध्ययनले बताएका छन् । आउनुस् महिलाका लागि नियमित सेक्स गर्दाका केही यस्तै फाइदाहरुका बारेमा जानैं ।
१। दुखाईबाट मुक्तिः
दुखाइबाट मुक्ति दिन सेक्स प्राकृतिक औषधी हो । सेक्स गर्नाले अक्सिटसिनलाई नष्ट गर्ने गर्दछ र यसले कुनै पनि पिडा र दुखाई कम गर्दछ ।
२। स्वस्थ छालाः
डीएचएक नामक हर्मोन एउटा यस्तो तत्व हो जुन चरमोत्कर्षको दौरान प्रवाह हुने गर्दछ । यो तत्वले छालालाई स्वस्थ, डण्डिफोरबाट मुक्ति र छालाको चमक बढाउनमा मद्दत गर्दछ ।
३। पाठेघरको क्यान्सरः
पुरुषहरुको इज्याकुलेसनले प्रोस्टेट क्यान्सरबाट बचाउँछ भने महिलाहरुको इज्याकुलेसनले पाठेघरको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने गर्दछ । सेक्सपछि चरमोत्कर्षसम्म पुग्ने प्रक्रियामा महिलाहरुले पाठेघरको क्यान्सरसँग लड्ने शक्ति प्रदान गर्दछ ।
४। तनाव कम गर्ने माध्यमः
तनावले धेरैजसो मानिसहरुलाई आफ्नो शिकार बनाएको हुन्छ । तनावबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको सेक्स नै हो । सेक्सको दौरान तपाईंलाई तनाव र डिप्रेसनबाट बचाउँछ किनभने सेक्स गर्दा अक्सिटसिनबाट मुक्ति दिने गर्दछ जुन तनावको लागि जिम्मेवार हुने गर्दछ ।
५। मिठो निन्द्राः
सेक्सले निन्द्रालाई बढाउँछ र अक्सिटोसिनलाई हटाउन मद्दत गर्दछ, जसले निन्द्रा आउन मद्दत गर्छ । यहि कारणले गर्दा पुरुषहरुलाई सेक्सलगत्तै निन्द्रा लाग्ने गर्दछ ।
६। रोग प्रतिरोधात्मक क्षमताः
कमजोर प्रतिरोधात्मक क्षमता भएका कारण मानिसहरु छिट्टै बिरामी हुने गर्दछन् । यदि तपाईंलाई कुनै साइड इफेक्ट बिना रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नु छ भने सेक्स गर्नुहोस् । सेक्स गर्ने क्रममा शरिरमा डीएचइए नामक हर्मोन उत्पादन हुने भएका कारण रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने गर्दछ ।
७। मुटुको रोगः
धेरैजसो मानिसमा मुटुको रोग हुने गर्दछ । तर सेक्सले मुटुको रोगबाट बचाउन सक्छ । नियमित रुपमा सेक्स गर्नाले मुटुको रोगको खतरामा कमी आउँछ ।
८। रक्त संचारः
सेक्सका दौरान तपाईंको शरिरमा अक्सिजन र रक्तसंचार बढ्ने गर्दछ । राम्रो रक्तसंचारले राम्रो स्वास्थ पाइन्छ ।
९। तौल घटाउनुहोस्ः
सेक्स गर्नाले तापईंको क्यालोरी नष्ट हुने गर्दछ र यसबाट तपाईंको तौल घट्ने गर्दछ । सेक्स एउटा मुटुको व्यायाम पनि हो जसबाट प्रति घण्टा १७० क्यालोरी घट्ने गर्दछ ।
१०। मेटाबोलिजम बढाउने :
सेक्सले तपाईंको मुटुको गति र सञ्चारमा वृद्धि गर्दछ जसले शरिरको मेटाबोलिजमलाई राम्रो बनाउने गर्दछ । सेक्सले शरिरमा कोलेस्ट्रोलको मात्रालाई घटाइदिने गर्दछ जसले हृदयघातको समस्या कम हुने गर्दछ ।
११। शरिरलाई सुगठित बनाउँछः
थुप्रै प्रकारको यौन आसनले भिन्न–भिन्न मांसपेशीको समूहलाई बलियो बनाउने गर्दछ जसले शरिरलाई सुगठित बनाउन मद्दत गर्दछ ।
१२। यसबाट तपाईं सेक्सी महसुस गर्नुहुनेछः

सेक्सले तपाईंको फिटनेस र स्वास्थलाई राम्रो बनाउने गर्दछ । यसले रोगी व्यक्तिहरुलाई रोगसँग लड्न मद्दत गर्दछ र मानसिक रुपमा पनि स्वस्थ बनाउने गर्दछ । यसका साथसाथै सेक्सले जोडिहरुलाई भावनात्मक रुपमा बाँध्ने काम पनि गर्दछ त्यसकारण नियमित सेक्स गर्नु निकै लाभदायक हुने गर्दछ ।

0 Response to "महिलाहरुले नियमित यौनसम्पर्क राख्नुपर्ने कारणहरु र फाइदा के हुन् ? जानी राखौ"

Post a Comment

Popular Posts

Labels

Popular Posts