आफ्नै छोरासँग यौनसम्बन्ध राख्दै आएकी महिला भन्छिन, ‘छोराको बच्चाको आमा बन्ने रहर छ’

एजेन्सी, बेलायतमा एक ५१ वर्षिय महिलाले आफ्नै छोरासँग यौन सम्बन्ध राखेको स्विकार गरेपछि यो समाचारले निकै चर्चा पाएको छ ।डेली मेलमा छापिएकाे समाचार अनुसार ति महिलाले आफ्नो छोरासँग दुइवर्ष देखि लिभ इन रिलेसनमा रहेको र आफुहरुबीच अगाध प्रेम रहेको बताएकी छन् । छोरासँगको यौन सम्बन्ध निकै अदभुत र रोमाञ्चक रहेको बताउँदै उनले छोराको बच्चाको आमा हुन रहर लागेकोले छोरासँग विवाह गर्ने समेत बताएपछि उनीहरुको चर्चा चुलिएको हो 
capture-1खासमा ब्रिटेनमा रहने ५१ वर्षिय किम वेस्ट पढाइको सिलसिलामा क्यालिफोर्निया गएकी थिइन् । त्यतिबेला उनको उमेर मात्र १९ वर्ष थियो । किमले मिडियालाई बताए अनुसार त्यहाँ उनी गर्भवती बनिन् । उनले एक छोरालाई जन्म दिइन र बच्चाको नाम बेन फोर्ड राखियो । उनले बच्चालाई जन्म त दिइन तर एक सातामा एडप्सनका लागि छाडिदिइन् । त्यसपछि उनी ब्रिटन फर्किइन् । बेन फोर्डलाई एक परिवारले एडप गरि हुर्कायो । बेन ठुला भए । उनको विवाह पनि भयो ।
एक्कासी किमलाई सन् २०१३मा छोरा बेनले पत्र पठाए । उनले आफ्नौ जैविक माता पितासँग भेट्न चाहेको उल्लेख गरेका थिए । त्यसपछि आमा र छोराबीच भेट हुने सल्लाह भयो र उनीहरु भेटे । पहिलो भेटमा अगाध माया देखाएका उनीहरुले किस गरेका थिए । तर उनीहरुबीच नियमित कुराकानीका क्रममा प्रेम झाँगीयो । बेन आफ्नी पत्नीलाई छाडेर आमासँगै बस्न थाले । यो अवधिमा उनीहरुको सम्बन्धले सिमा नाघ्यो । उनीहरुबीच नियमित यौनसम्पर्क हुने गरेको छ ।
छोरा बेनले बताए अनुसार पहिलो भेटमा मलाई कतै लागेन कि मैले मेरो आमालाई भेटीरहेको छु । पहिलो भेटमा प्रेम उब्जिएको उनको भनाइ छ । अहिले पुलिससँग लुकिछिपी हिडेका उनीहरुको बारेमा समाचार आएपछि पुलिसले अनुसन्धान गरेको छ ।
उनीहरुले विवाह गर्न चाहेपनि त्यहाँको कानुनले नमिल्ने देखिएको छ । पुलिसका अनुसार यो आपराधिक कार्य हो त्यसैलै आमालाई कम्तिमा १५ वर्षको जेल सजाय हुनसक्ने छ । उनीहरुलाई पक्रिनका लागि अहिले पुलिसले आधार खोजीरहेको छ ।

0 Response to "आफ्नै छोरासँग यौनसम्बन्ध राख्दै आएकी महिला भन्छिन, ‘छोराको बच्चाको आमा बन्ने रहर छ’"

Post a Comment

Popular Posts

Labels

Popular Posts