जान्नुस कुन नोट छाप्न कति रुपैयाँ लाग्छ ? हजारको भन्दा सयको नोट महंगो !

cost-of-rupees
१९ असोज, काठमाडौं । के तपाईँलाई थाहा छ, तपाईँको गोजीमा भएको एउटा नेपाली नोट छाप्न कति रुपैयाँ लाग्छ रु पक्कै पनि तपाईलाई थाहा नहुन सक्छ । र, हजार रुपैयाँको भन्दा सय र पाँच सयको नोट छाप्न महंगो पर्छ भन्दा तपाईलाई पत्यार नलाग्ला ।
सन् २०१३ पछि राष्ट्र बैंकले सन् २०१६ मा मात्रै नयाँ नोट छापेको राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले जानकारी दिए । प्रवक्ता पंगेनीका अनुसार एक हजार रुपैयाँको नोट छाप्न भन्दा एक सय र पाँच सय रुपैयाँका नोट छाप्न महंगो परेको छ ।
पंगेनीका अनुसार एक हजार रुपैयाँको एउटा नोट छाप्न १ रुपैयाँ ९० पैसा खर्च भएको छ भने एक सय रुपैयाँको नोट छाप्न २ रुपैयाँ १५ पैसा लागेको छ । त्यस्तै पाँच सयको नोट छाप्न २ रुपैयाँ ९२ पैसा खर्च भएको छ ।
बोलकबोलमा समावेस भएका नोट छाप्न कम्पनीहरुको प्रतिस्पर्धाका कारण नोट छपाइको लागत घटेको पंगेनी बताउँछन् । नोट छाप्ने कम्पनीहरुको प्रतिस्पर्धाका कारण सन् २०१३ मा भन्दा २०१६ मा नोट छाप्दा निकै सस्तो परेको छ ।
पंगेनी भन्छन्( ‘दुई वर्षअघिको तुलनामा यस वर्ष अमेरिकी डलरको मूल्य बढेको छ, यद्यपि बोल कबोलमा समावेश हुने कम्पनीहरुको प्रतिस्पर्धाका कारण नोट छपाइको लागत घटेको हो ।’
सन् २०१३ मा भन्दा २०१६ मा एक हजार रुपैयाँको २० करोड थान नोट छाप्दा मात्रै ४० करोड ४० लाख रुपैयाँ सस्तो भएको पंगेनीले बताए । एक हजार रुपैयाँको नोट छपाइमा २०१३ को तुलनामा २०१६ मा ५१ प्रतिशत खर्च कम भएको छ । त्यसबेला हजारको एउटा नोट छाप्न ३ रुपैयाँ ९२ पैसा खर्च भएको थियो भने यो वर्ष १ रुपैयाँ ९० पैसा मात्रै खर्च भयो ।
त्यसैगरी, सन् २०१६ मा राष्ट्र बैंकले पाँच सयका १८ करोड थान नोट छापेको छ । एउटा नोट छाप्न २ रुपैयाँ ९२ पैसा खर्च भएको पंगेनीले बताए । जब कि सन् २०१३ मा एउटा पाँच सयको नोट छाप्न ३ रुपैयाँ १३ पैसा खर्च भएको थियो ।
त्यसैगरी सन् २०१३ को तुलनामा २०१६ मा एक सय रुपैयाँको एउटा नोट छाप्दा पनि ४४ पैसा सस्तो परेको छ । यो वर्ष एउटा एक सय रुपैयाँको नोट छाप्न २ रुपैयाँ १५ पैसा खर्च भएको पंगेनीले बताए । एक सय रुपैयाँको नोट छपाइमा ८ करोड ८० लाख रुपैयाँ बचत भएको छ ।
त्यसैगरी, यसअघि ५० रुपैयाँ दरको २४ करोड थान नोट छपाउँदा एउटा नोट छाप्न १ रुपैयाँ ४८ पैसा खर्च भएको थियो । तर, यो वर्ष सोही परिमाणमा ५० दरका नोट छपाउँदा एउटा नोटका लागि १ रुपैयाँ ४८ पैसा मात्रै खर्च भएको छ । ५० को नोट छपाइमा १३ करोड ९२ लाख रुपैयाँ बचत भएको पंगेनीले जानकारी दिए ।
त्यस्तै, सन् २०१६ मा २० रुपैयाँ दरको २१ करोड थान नोट छपाउँदा एउटा नोट छाप्न १ रुपैयाँ ११ पैसा खर्च भएको छ । २०१३ मा सोही २० रुपैयाँका सोही परिमाणमा नोट छपाउँदा २ रुपैयाँ १ पैसा खर्च भएको थियो । २० को नोट छपाउँदा २० करोड ८० लाख रुपैयाँ बचत भएको छ ।
यसअघि नेपाली नोट प्रmान्सेली कम्पनीले ओबर्थरले छाप्थ्यो भने यो वर्ष चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ कर्पोरेसनले छापेको छ । चिनियाँ कम्पनीले सस्तोमा गुणस्तरीय नोट छाप्ने बोलकबोल गरेपछि चिनियाँ कम्पनीलाई नै नोट छाप्न दिइएको राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बताए।
‘सस्तोमा अझ गुणस्तरीय र सुरक्षित नोट छापिएको छ,’ पण्डितले भने, ‘यो हाम्रा लागि खुसीको कुरा हो ।’ स्रोत : अनलाइनखवर

0 Response to "जान्नुस कुन नोट छाप्न कति रुपैयाँ लाग्छ ? हजारको भन्दा सयको नोट महंगो !"

Post a Comment

Popular Posts

Labels

Popular Posts