प्रचण्डले धोका दिएपछि मधेसी मोर्चाको चेत खुल्यो! अब ओलीसँग नजिकिदै

काठमाडौं, १९ असोज । दसैं अगाडि संविधान संशोधन प्रस्ताव ल्याउने भन्दै सरकारले झुक्याएपछि मधेसवादी दलहरुले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग दोस्ती बढाउने प्रक्रिया सुरु गरेका छन् ।
उनीहरुले अब यो सरकारलाई छठसम्म पर्खिने र त्यसपछि समर्थन फिर्ता लिने चेतावनी दिँदै मधेसका मुद्दा सम्बोधनका लागि एमालेसँग मिलेर जाने गृहकार्य थालेका हुन् ।
मधेसका जायज माग सम्बोधन गर्न तयार रहेका एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीसँग अहिले मधेसवादी दलका नेताहरु सम्पर्कमा रहेको सचिव योगेश भट्टराईले बताए ।
‘एमालेले दशैं, तिहार, छठ र नेपाल संवत लगायतका पर्वका अवसरमा आयोजना गर्न लागेको चियापानमा मधेसवादी नेताहरुलाई आमन्त्रण गरेको छ,’ उनले भने- ‘मोर्चाका नेताहरुलाई असोज २९ गतेको चियापानमा आउन अध्यक्ष केपी ओलीले व्यक्तिगत रुपमा फोन गरेर पनि बोलाउनुभएको छ । मधेसी नेताहरु अध्यक्ष कमरेडसँग निरन्तर सम्पर्कमा हुनुहुन्छ ।’
मधेसी मोर्चा कांग्रेस र माओवादीको गलत आश्वासनमा फस्यो
यसैबीच एमाले सचिव भट्टराईले कांग्रेस–माओवादी सरकार सबै मोर्चामा असफल भइसकेको भन्दै मधेसी मोर्चा उनीहरुको गलत आश्वासनमा फसेको बताए । एमालेले मधेसका जायज माग पूरा गराउन चाँहेको भन्दै उनले भने- ‘प्रदेशको सीमांकन हेरफेर र मधेसलाई अलग राष्ट्रियताको मान्यता दिने बाहेक सबै कुरामा एमालेले मोर्चाका माग पूरा गर्न चाहेको छ । यसबारे मधेसवादी दलका साथीहरुसँग अनौपचारिक छलफल भइरहेको छ ।

प्रचण्ड र शेरबहादुर देउवाले चाहँदैमा संविधान शंसोधन नहुने भन्दै भट्टराईले सरकारले अहिलेसम्म प्रमुख विपक्षी एमालेसँग राजनीतिक विषयमा कुनै संवाद नगरेको बताए । उनले भने- ‘मधेसी मोर्चाले अब एमालेसँग नयाँ ढंगले सम्बन्ध सुधार गर्नेबारे सोच्नुपर्छ । हामीमा पूर्वाग्रह छैन । जायज माग पूरा गराउन हातेमालो गर्छाै ।’
मधेसी नेता भन्छन्- हामीलाई सरकारले झुक्याउन थाल्यो
यता मधेसी मोर्चाका नेताहरुले आफ्ना मागहरुलाई सम्बोधन गर्ने सम्बन्धमा सरकारले विभिन्न वहाना बनाएर झुक्याउन खोजेको आरोप लगाएका छन् । उनीहरुले प्रतिपक्षी एमालेसँग आफूहरुको दुश्मनी नरहेको भन्दै सहकार्य गरेर जान सकिने बताए । सरकार र कांग्रेस माओवादीले एमालेलाई देखाएर आफूहरुलाई फसाइरहेको उनीहरुको आरोप छ ।
मोर्चाका एक नेता बृजेशकुमार गुप्ताले एमालेसँग मोर्चाको कुनै दुश्मनी नरहेको भन्दै मधेसका मुद्दामा वार्ता र संवाद गर्न आफूहरु तयार रहेको बताए ।
अर्का नेता महिन्द्र राय यादवले पनि एमालेसँग मोर्चाको कुनै दुश्मनी नरहेको भन्दै भने- ‘सरकारले शुरुमा प्रधानमन्त्रीको दिल्ली भ्रमणअघि संविधान संशोधन प्रस्ताव ल्याउने भन्यो, त्यसपछि दशैंअघि भन्यो, अब त एमालेले मान्दैन भनेर हामीलाई झुक्याउन थाल्यो । सरकारले नसुने प्रतिपक्षीसँग मिलेर अघि बढ्छौं ।’dainiknepa

0 Response to "प्रचण्डले धोका दिएपछि मधेसी मोर्चाको चेत खुल्यो! अब ओलीसँग नजिकिदै"

Post a Comment

Popular Posts

Labels

Popular Posts