श्रीमतीले तिम्ल्याहा छोरा जन्माएपछि रमाइलो हेर्न त्रिवि शिक्षण अस्पतालभित्र जम्मा भएको ठूलो भीडभित्र टाउको छिराउँदै मारवाडी समुदायको एकजना मानिसले बाबु शिव देवकोटालाई अनुरोध गरे, ‘मलाई तपाईंको तीनमध्ये एक छोरा दिनुस्, मेरो सबै सम्पत्ति छोराको नाममा लेखिदिन्छु ।
मारवाडीको अनुरोधपछि तीनछक परेका देवकोटालाई केहीछिनमै अन्य व्यक्तिले पनि घेरामा हाले । कसैले खुसीका भएर त कसैले आँखाबाट आँसु झार्दै एउटा छोरा आफूलाई दिएर परिवारको सन्तानविहीनताको अवस्थालाई अन्त्य गरिदिन अनुनय गरे ।
सन्तान माग्नेहरू बढ्न थालेपछि शिवले दबाब थेग्न सकेनन् । आठ मिनेटको समयमा तीन छोरा जन्माएर अर्धचेत भएर सुतिरहेकी श्रीमती शकुन्तलालाई समेत अरूको जिम्मामा छोडेर शिव केही समय अस्पतालबाहिर एकान्तमा लुकेर बस्नुपर्यो । आफ्नो मुटुको टुक्राजस्तै छोरा अरूलाई दिने भन्ने कुरा बाबु शिव मात्रै होइन, देवकोटा खान्दानकै लागि पनि कल्पनाबाहिरको थियो । यो घटना थियो २०४८ साल असोज ५ गते बिहानको ।
दसैंको मुखैमा जन्मेका तिम्ल्याहा छोराका कारण त्यतिखेर तोडिएको खुसीको सीमालाई देवकोटा परिवारले अझै भेट्टाउन सकेका छैनन् ।
अहिले तिम्ल्याहा छोरा हुर्केर जवान भइरहेका छन् । पढाइ, संगीत र रचनात्मक क्रियालापमा एकसे एक अब्बल तीनैजनाको सफलताले परिवारमा औधी खुसी थपिएको छ ।
छोराहरू हुर्काउँदा अभिभावकले खेप्नुपरेको पीडादेखि छोराहरूले हात पारेको सफलताको कथा सुन्दा जो कोहीलाई पनि झट्ट पत्याउन कठिन हुन्छ । एकैपटक जन्मेर मात्र होइन, तिम्ल्याहाको कथा अरू थुप्रै सामान्य मानिसको भन्दा भिन्न छ ।
संयोग नै भन्नुपर्छ, तिम्ल्याहा भएर जन्मेको जेठो छोरो सौगात, माहिलो सौजन र कान्छो सौरजको हरेक उपलब्धि र समस्या एकै प्रकृतिका छन् । एउटै स्कुलबाट अध्ययन प्रारम्भ गरेका तिम्ल्याहाले एउटै स्कुलबाट विशिष्ट श्रेणीमा प्रवेशिका (एसएलसी) परीक्षा उत्तीर्ण गरे ।
यी तीनले २५ वर्षको उमेरमा जे जति इतिहास रचे, त्यो पनि एकै प्रकारको छ । आफ्नै बाबुले सञ्चालन गरेको थलीको माउन्ट एभरेस्ट स्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि उनीहरू आईएस्सी (हालको दस जोड दुई) अध्ययनका लागि माइतीघरस्थित सेन्ट जेभिएर कलेज भर्ना भए । तीनैजनाले आईएस्सी पनि विशिष्ट श्रेणीमा उत्तीर्ण गरे ।
शिवले तीनै जनालाई एकैपटक साथ लिएर गएका थिए । नागरिकता बनाउने क्रममा एकपछि अर्को गरेर प्रमुख जिल्ला अधिकारीको कक्षमा जाने पालो आयो । पहिलो एकजनाले नागरिकता लिएर गएपछि अर्कोको पालो आयो, तर प्रजिअले उनको नागरिकतामा हस्ताक्षर गर्न मानेनन्, बरु उल्टै हप्काए, ‘एकैजनाले तीनवटा नागरिकता लिएर हामीलाई झुक्याउन खोज्ने ? ‘
एसएलसीमा कान्छा (सौरज) ले भन्दा माहिला (सौजन) ले धेरै र माहिलाले भन्दा जेठो (सौगात) ले उच्च अंक ल्याएको भए पनि आईएस्सीमा भने कान्छोको सबैभन्दा धेरै अंक आयो । उत्तीर्ण प्रतिशतमा भने खासै भिन्नता थिएन ।
आईएस्सी उत्तीर्णपछि तीनै जनालाई एमबीबीएस पढाउने निर्णय परिवारले गरे । परिवारको निर्णयमा छोराहरूले पनि सहमति जनाए । आईएस्सीको नतिजाले पनि उनीहरूलाई एमबीबीएस अध्ययनका लागि योग्य ठहर्याइसकेको थियो । एमबीबीएस पढाउने निर्णयपछि परिवारमा एउटा समस्या आइपर्यो, ‘सबै जनालाई एकै कलेजमा पढाउनुपर्छ । यसका लागि प्रवेश परीक्षामा एमबीबीएस अध्ययन गर्न आवश्यक पर्ने अंक आएन र आफूले सोचेको कलेजमा पढ्न पाइएन भने के गर्ने ? ‘
आमाबाबुको यस समस्यालाई पनि तिम्ल्याहाले सजिलै समाधान गरिदिए । उनीहरूले प्रवेश परीक्षामा राम्रा अंक ल्याएर उत्तीर्ण गरे र जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि भर्ना भए । तीनैजनालाई एकैपटक निजी कलेजमा एमबीबीएस पढाउन चानचुने तयारीले पुग्ने कुरै भएन ।
एकातिर आर्थिक बोझ, अर्कोतिर तीनै छोरालाई एकैपटक पढाउँदा गर्नुपर्ने रेखदेख । ‘स्कुल बेचेर भए पनि छोराहरूको पढाइमा लाग्नुपर्ने सोचेर छोराहरूसँग एक पटक सल्लाह गरेँ । सल्लाह गर्दा छोराहरूले स्कुल बेचेपछि तपाईं के गर्नुहुन्छ नि भनेर सोधे’, बाबु शिव भन्छन्, ‘म कुनै जवाफ दिन सक्ने अवस्थामा थिइनँ । त्यसपछि बैंकबाट ऋण लिएर भए पनि छोराको पढाइ र स्कुल सञ्चालनलाई एकैपटक लैजाने निर्णय गरेर अघि बढेँ ।’
पढाइको दौरान एकै अनुहार भएका कारण तिम्ल्याहाले बेहोरेका प्रसंग पनि रोचक छन् । चितवन स्थायी घर भएका उनीहरूलाई नागरिकता बनाउन बाबु शिवले तीनै जनालाई एकैपटक साथ लिएर गएका थिए । नागरिकता बनाउने क्रममा एकपछि अर्को गरेर प्रमुख जिल्ला अधिकारीको कक्षमा जाने पालो आयो । पहिलो एकजनाले नागरिकता लिएर गएपछि अर्कोको पालो आयो, तर प्रजिअले उनको नागरिकतामा हस्ताक्षर गर्न मानेनन्, बरु उल्टै हप्काए, ‘एकैजनाले तीनवटा नागरिकता लिएर हामीलाई झुक्याउन खोज्ने ? ‘
प्रजिअको हप्काई सुनेपछि बाबु शिव आफैं कार्यकक्षमा गएर घटनाबारे वर्णन गर्न बाध्य भए । ‘सुरुमा रिसाएका प्रजिअपछि तिम्ल्याहाको नागरिकतामा हस्ताक्षर गर्न पाएकोमा खुसी हुँदै संयुक्त फोटो खिचेर निस्क्यौं,’ देवकोटा सम्झन्छन् ।
प्रेमिकाले अनुहार नचिनेर भाइलाई दिनुपर्ने उपहार दाइलाई दिएको, दैनिकजसो पढाउने शिक्षकले समेत नचिनेर भाइलाई सोध्नुपर्ने प्रश्न दाइलाई सोधेको लगायतका घटना रोचक छन् । एमबीबीएस उत्तीर्ण यी तिम्ल्याहा अहिले एमडी अध्ययनको तयारीमा छन् ।
कक्षामा पढाइको क्रममा उनीहरूले बटुलेको अनुभव पनि रोचक छ । कक्षामा तीनमध्ये कुनै एकजनामात्रै अनुपस्थित भए भने तीनैजनाको हाजिरमा एकैजनाले बोल्दा पनि शिक्षकले थाहा पाउँदैनथे । एउटै अनुहार भएका कारण एकजनाको चालक अनुमतिपत्रको भरमा आनन्दसँग तीनैजनाले मोटरसाइकल चलाएर हिँड्दा पनि ट्राफिक प्रहरीले पत्तो पाउँदैनथे ।
कक्षामा पढाइको समयमा भएको एउटा घटना उनीहरूको मनमा ताजा छ । एमबीबीएस दोस्रो वर्ष अध्ययनको क्रममा अभ्यासमूलक कार्यअन्तर्गत भाइवामा सहभागी हुनुपर्ने थियो । तीनैजना सँगै लाइनमा थिए । जेठो छोरा सौगात कोठाभित्र छिरे । लगत्तै सौजनको पालो आयो । सौगात त्यतिखेरको घटना सम्झन्छन्, ‘एकै अनुहार भएका कारण शिक्षकले नचिनेपछि मपछि कक्षामा छिरेका सौजनलाई भाइवामा उपस्थित शिक्षकले दोहोर्याएर किन आएको भनेर हप्काए । पछि हामीले वास्तविकता बताएपछि शिक्षक छक्क परे ।’
प्रेमिकाले अनुहार नचिनेर भाइलाई दिनुपर्ने उपहार दाइलाई दिएको, दैनिकजसो पढाउने शिक्षकले समेत नचिनेर भाइलाई सोध्नुपर्ने प्रश्न दाइलाई सोधेको लगायतका घटनाहरू पनि निकै रोचक छन् । एमबीबीएससमेत उत्तीर्ण गरेर अहिले नामको अगाडि डाक्टर लेखाइसकेका तिम्ल्याहाहरू हाल एमडी अध्यययनको तयारीमा छन् ।
पढाइसँगै अन्य क्षेत्रमा देखिएको रुचि, कला र कौशल थप आश्चर्यजनक छन् । छोराहरूले तिम्ल्याहा भएर जसरी चर्चा कमाएका छन्, बाबु शिवको कथा पनि अहिलेको भन्दा भिन्न छ । शिव एसएलसीपछि चितवनबाट २०४२ सालमा काठमाडौं हानिएका थिए, गायक बन्ने लक्ष्य बोकेर ।
त्यतिखेर शिव रेडियो नेपालमा गएर नारायणगोपाल गुरुवाचार्यलगायत चर्चित गायकसँग गहिरोसँग संगत गर्थे । अध्ययन गर्दै, गीतसंगीतमा लाग्दै गर्दा परिवारमा पहिलो सन्तानको रूपमा जेठो छोरा जन्मियो । सन्तान हुर्काउँदै, संगीतमा लाग्दै गर्दा दोस्रोपटक सन्तानको रूपमा तिम्ल्याहा छोरा जन्मेपछि परिवारमा सदस्यबाट बढेर एकैपटक ६ जना पुग्यो ।
त्यसपछि भने गायक बन्ने सपनालाई सरक्क दराजमा थन्क्याएर शिव छोराहरू हुर्काउनतर्फ लागे । छोराहरूले एमबीबीएस उत्तीर्ण गरेपछि पुरानो सपनालाई उनले विपनामा परिणत मात्र गराएनन्, तिम्ल्याहाका बाबुबाट चर्चा कमाएका उनले सांगीतिक विधाबाट थप चर्चा कमाए ।
हालै शिवले आफ्नो संगीत, रचना तथा स्वरमा तिम्ल्याहा छोरालाई मोडलिङ गराएर ‘हौसला’ नामको गीति एल्बम सार्वजनिक गरेका छन् । तिम्ल्याहाको रूपमा जन्म लिनु, तिम्ल्याहाले नै एकैपटक एमबीबीएस उत्तीर्ण गर्नु तथा बाबुको गीत, संगीत, रचना र स्वरमा तीनैजना छोराले अभिनय गरेको प्रसंगले उनीहरूलाई अहिले स्वदेशमा मात्र होइन अन्तर्राष्ट्रिय जगत्मै उदाहरणीय काम गर्ने इच्छा जागेको छ ।
यसका लागि उनीहरूले विश्वमा आश्चर्य घटनाहरूमध्ये नयाँ काम गर्ने व्यक्ति तथा संस्थालाई प्रमाणित गर्ने गिनिज बुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाउने प्रक्रियाको थालनी गरेका छन् । देवकोटा भन्छन्, ‘घटनाक्रमलाई हेर्दा नाम लेखाउँंछु जस्तो लाग्छ । नाम नलेखिए पनि हाम्रो परिवारको खुसी त साथैमा छ ।’
अध्ययनदेखि अन्य क्रियाकलापको क्रममा तिम्ल्याहा भएकै कारण भोग्नुपरेको घटना उनीहरूको परिवारमा मात्राको हिसाबले केही दुःखदायी होलान्, तर आफैंले स्थापना गरेको स्कुलका प्राचार्य शिव, सोही स्कुलकी शिक्षिका आमा शकुन्तलासँग कति खुसी छ भनेर तौलने कुनै साधन छैन ।
0 Response to "twin brother"
Post a Comment