सरकारी कार्यालय प्रमुखको कार्यकक्षमा पोसाकमै मदिरा–भोज !

कालिकोट । सरकारी कार्यालयको कार्यकक्षमै मदिरा–भोज भएको सुन्दा पत्यार नलाग्ला। तर यहाँको एक सरकारी कार्यालयको कार्यकक्षमा कर्मचारी बस्ने कुर्सी टेवलमै मदिरासहित मासुका परिकार पस्केर कर्मचारीले भव्य भोज गरेका छन्।

महिला तथा बालबालिका कार्यालय कालिकोटमा दिउँसै मदिरा–भोज भएको हो । भोज गर्नुको कुनै कारण भने उल्लेख गरिएको छैन। मदिरा पार्टी भएको तस्बिर सहितको विवरण प्राप्त भएको छ, त्यो दिन थियो–जेठ ३ गते सोमबार। तर यस्ता भोज यहाँ नियमित हुने गरेको कर्मचारी बताउँछन्।

महिला विकास अधिकृत सीता थापा मगरको कार्यकक्षमा मदिरा–भोज भएको हो। थापासहितका कर्मचारी सरकारी पोषाकमै थिए। कार्यालय सहयोगीले मदिरा र मासुका परिकार बाँड्न व्यस्त थिए भने कर्मचारी गफिदै भोजमा मस्त थिए।

 ‘कार्यालयका सीप विकास तालिम, अन्तरक्रिया र गोष्ठीमा रकम बचाएर यस्ता पार्टी बेलाबेलामा हुनेगरेको छ।’ ती कर्मचारीले बताए। केही महिला कर्मचारीले रेडबुल खाएका थिए भने बाँकीले बियर, वाइन र हार्ड ड्रिंक्स लिएका थिए।

अझ रोचक पक्ष त के भने कार्यालयको गेट र अधिकृतको कायकक्ष बन्द गरेर भोज चलेको थियो। कार्यालय बाहिर सेवाग्राही उपस्थित भएपनि कुनै वास्ता नगरिएको नाम उल्लेख नगर्न आग्रह गर्दै सोही कार्यालयका एक कर्मचारीले भोजबारे विवरण सुनाए।

‘कार्यालयका सीप विकास तालिम, अन्तरक्रिया र गोष्ठीमा रकम बचाएर यस्ता पार्टी बेलाबेलामा हुनेगरेको छ।’ ती कर्मचारीले बताए। केही महिला कर्मचारीले रेडबुल खाएका थिए भने बाँकीले बियर, वाइन र हार्ड ड्रिंक्स लिएका थिए।

कार्यालयमा मदिरा पार्टी नियमित हुने गरेको कर्मचारी बताउँछन्। बजारको एक मदिरा पसलबाट कार्यालयमा नियमित मदिरा पुग्ने गरेको ती कर्मचारीले खुलाए। ‘अफिसकै गाडीमा मदिरा राखेर कार्यालय पु¥याइन्छ,’ कर्मचारी भन्छन् ‘पहिले त अलि अचम्म लाग्थ्यो, तर अचेल सामान्य जस्तै लाग्न थाल्यो।’

कार्यलय प्रमुख थापाले कार्यालय भित्रै भोज भएको तर कार्यालय समयमा नभएको प्रतिकृया दिइन्। उनी भन्छिन् ‘मैले मदिरा खाएको पनि छैन र कार्यालय समयमा भोज गरिएको पनि हैन।’

0 Response to "सरकारी कार्यालय प्रमुखको कार्यकक्षमा पोसाकमै मदिरा–भोज !"

Post a Comment

Popular Posts

Labels

Popular Posts