भारतीय लगानीकर्ताका लागि नेपाल उपयुक्त गन्तव्य प्रधानमन्त्री - See more at: http://www.lightnepal.com/44872/#sthash.OqgbFvlT.CCiGZj1i.dpuf

ef/tsf]] /fhsLo e|d0fdf /xg'ePsf k|wfgdGqL k'iksdn bfxfn ef/tLo pBf]u Joj;foL;Fu gofF lbNnLdf cfof]lht 5nkmn sfo{qmddf ;xefuL x'Fb} . tl:a/M xl/ nfld5fg], /f;;, gofF lbNnL
नयाँ दिल्ली, १ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय लगानी कर्ताका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताउनुभएको छ । यहाँस्थित होटल ताजमा आज नेपाली र भारतीय व्यवसायीबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली तथा भारतीय लगानीकर्तालाई नेपाली कानुनले समान व्यवहार गरेकाले लगानी बढाउन अनुरोध गर्नुभएको हो 
प्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपाली तथा भारतीय लगानीलाई कुनै पनि भेदभाव हुँदैन । तपाईहरु ढुक्क भएर नेपालमा लगानी गर्नुहोस् ।” उहाँले राजनीतिक स्थायित्व भएपछि समृद्धि नेपालको मुद्दा भएको र त्यसतर्फ नेपाल अगाडि बढेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “नेपाल सुरक्षित लगानी गन्तव्य हो भारतीय लगानीका लागि सबैभन्दा राम्रो लगानीको स्थान नेपाल बन्न सक्छ । उहाँले नेपाल सानो देश हो, तर नेपालमा लगानीको थुप्रै सम्भावना छ ।” प्रधानमन्त्री दाहालले भारतीय लगानी कर्तालाई पूर्णरुपमा सुरक्षा दिने विश्वास दिलाउनुभयो ।
त्यसैगरी परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले कुल व्यापारको ६५ प्रतिशत भारतसँगको व्यापार रहेको उल्लेख गर्दै उहाँले बजारमा लगानी पनि आवश्यक छ भन्नुभयो । उहाँले दुई देशबीचको व्यापार ग्यापलाई पनि कम गर्नका लागि भारतीय लगानी कर्ताले नेपालमा लगानी गर्नुपर्ने बताउनुभयो । डा महतले नेपालमा जलविद्युत्, जडीबुटी एवम् कृषि क्षेत्रमा ठूलो सम्भावना रहेको बताउनुहँुदै त्यसतर्फ ध्यान दिन अनुरोध गर्नुभयो । नेपालले अपनाएको उदार नीतिबाट नेपाल विश्वकै उपयुक्त लगानी गन्तव्य भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले नेपाल र भारतीय व्यापारी तथा उद्योगीको सम्बन्ध सदियौँ पुरानो र मजबुद रहेकाले दुई देशका उद्योगी मिलेर नेपालको विकास गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले नेपाल लगानीका लागि उपयुक्त स्थान भएको प्रष्ट पार्नुभयो ।
सो कार्यक्रममा भारतीय लगानीकर्ताका तर्फबाट एससी अग्रवालले प्रधानमन्त्री दाहालले नेपालमा लगानीका लागि विश्वास दिलाएको प्रति खुसी व्यक्त गर्दै त्यसका लागि आफूले पहल गर्ने बताउनुभयो । उहाँले नेपाल लगानीका लागि अवरोधभन्दा पनि पुलका रुपमा रहेकाले विश्वासको वातावरण बनेको उल्लेख गर्नु भयो । कार्यक्रममा नेपालका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा रहेका लगानीका अवसरबारेमा भारतीय व्यापारी समुदायलाई जानकारी गराउनुभएको थियो । रासस
- See more at: http://www.lightnepal.com/44872/#sthash.OqgbFvlT.CCiGZj1i.dpuf

0 Response to "भारतीय लगानीकर्ताका लागि नेपाल उपयुक्त गन्तव्य प्रधानमन्त्री - See more at: http://www.lightnepal.com/44872/#sthash.OqgbFvlT.CCiGZj1i.dpuf"

Post a Comment

Popular Posts

Labels

Popular Posts