३५ भन्दा बढी यात्रु बोकेको डुंगा कोशी नदीमा पल्टियो, २२ जनाको उद्धार

सुनसरी । सुनसरीको सप्तकोशी नदीमा डुंगा पल्टिएको छ। श्रीलंका टापुबाट प्रकाशपुर –५ राजावासा आउँदै गरेको डुंगा कोशी नदीमा पल्टिएको हो। 

डुंगामा ३५ भन्दा बढी यात्रु सवार थिए । नदीमा फसेका २२ भन्दा बढी यात्रुको उद्धार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी पोषराज पोख्रेल भने डुंगामा ३५र३६ यात्रु सवार थिए भन्ने खबर आएको छ । २२ जनाको उद्धार भएको छ । हामी घटनास्थलतर्फ जाँदैछौ ।

स्थानीयबासी, प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीले अहिले उद्धारको कार्य जारी राखेका छन् ।

0 Response to "३५ भन्दा बढी यात्रु बोकेको डुंगा कोशी नदीमा पल्टियो, २२ जनाको उद्धार"

Post a Comment

Popular Posts

Labels

Popular Posts