video

पाल्पा, १२ मंसिर - संयुक्त विद्यार्थी संघर्ष समिति पाल्पाले आइतबार जिल्लाका शैक्षिक संस्था बन्द गराएका छन्।

बिनु पुलामीका हत्यालाई पक्राउ गर्नु पर्ने र पाँच वर्षदेखि बेपत्ता सेन उच्च माविका विधार्थी किशोर न्यौपानेलाई सार्वजनिक गर्न माग गर्दै विद्यार्थी संगठनले शैक्षिक संस्था बन्दको आह्वान गरेका हुन्।

पाल्पामा विद्यार्थी असुरक्षित भएको भन्दै विरोधमा बन्द गरिएको विद्यार्थी संगठनले बताएका छन्। पाल्पा कलेजमा स्नाकोतर तहमा अध्ययनरत बिनु पुलामीको शव फेला पछि परिवारले किटानी जाहेरी दिएको भएपनि उनका श्रीमान फरार भएका छन्।

विद्यार्थी संगठनले फरार बिनुका श्रीमानसहित हत्यामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन्।

0 Response to "video"

Post a Comment

Popular Posts

Labels

Popular Posts